पोखरा– भाडा नदिएपछि पोखरा महानगरले ठेकेदार कम्पनी ‘जस्ट इन टाइम’सँग भएको सम्झौता रद्द गरेको छ।
सिर्जना चोकमा भाडा प्रायोजनका लागि बनाएको ३ तले भवन ‘जस्ट इन टाइम’लाई २०७३ सालमा ५ वर्षका लागि भाडामा दिइएको थियो। सम्झौताअनुसार उसले वार्षिक ७६ लाख महानगरलाई बुझाउनुपर्ने हुन्छ। तर लामो समयसम्म पहिलो वर्षको भाडा तिर्न आनाकानी गर्यो।
भवनबाहेक ‘जस्ट इन टाइम’ले अरु आधा दर्जनभन्दा बढी आयोजना ठेक्कामा लिएको छ। जसमध्ये फोहोर व्यवस्थापन सम्झौता पनि रद्द गरेको छ। गत असोज महिनामा अनाधिकृत रुपमा एउटै नम्बरका तीन थरि बिल प्रयोग गरेको भेटिएपछि सम्झौता रद्द गरिएको हो।