एजेन्सी– इस्लामिक देशहरुको संगठन अर्गनाइजेसन अफ इस्लामिक को अपरेसन (ओआईसी)ले पनि भारतको नागरिकता संशोधन विधेयकमा चासो देखाएको छ।
ओआईसी ६० मुस्लिम देशहरुको संगठन हो। ओआईसीका महासचिव युसुफ बिन अहमद बिन अब्दुल रहमानले आइतबार विज्ञप्तिमा जारी गरेको छ।
उक्त जासी विज्ञप्तिमा यस्तो लेखिइको छ, ‘भारतको घटनाक्रमलाई हामीले नजिकबाट नियालीरहेका छौं। कतिपय चिज यस्तो भएको छ, जसबाट अल्पसंख्यक प्रभावित भएका छन्। नागरिकताको अधिकार र बाबरी मस्जिद मुद्दामा हाम्रो चिन्ता छ। हामी फेरि पनि यो कुरालाई दोर्होयाउँछौं कि भारतमा मुसलमान र उनीहरुको पवित्रस्थलको सुरक्षा सुनिश्चित होस्।’