काठमाडौं– सोमबार देखी प्रहरी नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले महानगरीय प्रहरी आयुक्तको जिम्मेवारी सम्हाल्ने भएका छन्।
जिम्मेवारी सम्हाल्दै डिआईजी पोखरेलले महानगरीय प्रहरी प्रमुखकको रुपमा जनताले शान्ति सुरक्षाको महसुस गर्ने गरी काम गर्ने बताए। बुधबार गृह मन्त्रालयले डिआईजी पोखरेललाई महानगरीय प्रहरी (मेट्रो)को आयुक्तका रुपमा काज सरुवा गरेको थियो।
महानगरीय प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्न आएका पोखरेललाई महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी शहकुल थापा, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदीलगायत वरिष्ठ प्रहरी अधिकृतहरुले स्वागत गरेका थिए।