काठमाडौँ– विश्वकै दोस्रो ठुलो टीभी ब्राण्ड टीसीएलले आफ्नो नयाँ एनड्रोइड स्मार्ट टीभी बजारमा सार्वजनिक गरेको छ। टीसीएलको नेपाली बजारको लागी आधिकारी विक्रेता चौधरी ग्रुप अन्तर्गत इ.ओ.एलले ६५ इन्चमा पी८एम र पी८एस गरी दुई छुट्टा छुट्टै स्मार्ट टीभीका मोडल नेपाली बजारमा भित्र्याएको हो।
टीभीमा इन्टरनेट को प्रयोग गर्न तथा विभिन्न सञ्जालहरु चलाउन मिल्ने हुँदा स्मार्ट भनिएको कम्पनीले बताएको छ। दुवै टीभीहरु ६५ इन्चमा उपलब्ध छन् र दुवै ४के यूएचडीअन्तर्गत रहेका छन्।
डीटीएस, प्रिमियम साउण्ड, डब्ली अडियो, ब्लूटुथ अडियो जस्ता यसका साउण्ड क्वालिटी रहेको छ। एनड्रोइडमा भ्वाइस सर्च, गुगल एसिस्टेन्ट, गुगल प्ले स्टोर, नेटफ्लिक्स, यूट्यूव र टी–जोन जस्ता विशेषता यस एनरोइड टीभीमा भएको कम्पनीले बताएको छ।