एजेन्सी– रोयल इन्फिल्डले थन्डरबर्ड बाइकको नयाँ संस्करण निर्माण गर्ने तयारी गरेको छ। कम्पनीले यसको तस्बिर सार्वजनिक गर्दै चाँडै नै भारतीय बजारमा सार्वजनिक गर्ने योजना सुनाएको हो।
क्रुजर डिजाइन अवधारणामा निर्माण हुने नयाँ थन्डरवर्डमा फ्लाटर ह्यान्डलबार र सेमी डिजीटल कन्सोल रहेको छ। रेगुलर मोडलमा भने, ट्वीन पोड इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएको थियो। नयाँ इन्स्ट्रुमेन्ट क्लस्टरले बाइक सम्बन्धीत जानकारी मात्रै नभई, वास्तविक माइलेज, इफिसेन्सी, रेन्ज लगायतका जानकारी दिने छ।
कम्पनीले नयाँ बाइकमा पनि पुरानो मोडलमा उपलब्ध इन्जिन लगाउने भएको छ। यसमा उपलब्ध बीएस ६ मापदन्डको ३४६ सीसी इन्जिनले १९.८ हर्ष पावरका साथै २८ एनएम टर्क उत्पादन गर्छ। यस्तै, थन्डरवर्ड ५०० मा उपलब्ध एयरकुल्ड सिंगल सिलिन्डर इन्जिनले २७.२ हर्ष पावरका साथै ४१.३ एनएम टर्क उत्पादन गर्छ।
नयाँ थन्डरवर्डको रियर र साइडको स्टाइलमा समेत निक्कै परिवर्तन गरिएको छ। रेगुलर मोडलको तुलनामा यसको रियर फेन्डर केही परिर्वतन गरिएको छ। इन्डीकेटर र टेल ल्याम्पको स्वरुपलाई केही परिर्वन गरिएको छ भने, मौजुदा मोडलको भन्दा केही तल लगाइएको छ। बाइकमा पुरानै फ्युल ट्यांकी जोडिएको छ भने ‘वाइ’ शेपको नयाँ अलोय ह्वील लगाइएको छ।
रेगुलर मोडलको तुलनामा निक्कै परिमार्जन भएको थन्डरवर्ड फेसलिफ्टको मूल्य समेत १० देखि १५ हजार भारु वृद्धि हुने भएको छ। नयाँ रोयल इन्फिल्ड थन्डरवल्र्ड आगामी वर्षको अप्रिल महिनामा सार्वजनिक हुने कम्पनीले जनाएको छ।
नेपाली बजारमा भने रोयल इन्फिल्ड थन्डरवल्र्ड दुई भेरियन्टमा बिक्री हुदै आएको छ। थन्डरवर्ड ५००, ८ लाख २१ हजार रुपैयाँमा बिक्री हुदै आएको छ भने, थन्डरवर्ड ३५०, ५ लाख १५ हजार रुपैयाँमा बिक्री भइरहेको छ।