एजेन्सी– बलिउड सुपरस्टार सलमान खान र नायिका सोनाक्षी सिन्हा अभिनित चलचित्र ‘दबंग–३’ अहिले विश्व बजारमा रिलिज भईरहेको छ। तर, भारतमा केही दिनदेखि चर्किएको नागरिकता संसोधन विधेयक विरुद्धको आन्दोलनका कारण यो चलचित्रको व्यापारमा घाटा लागेको छ। जस काकारण, चलचित्रले शुरुवाती दिनमा अपेक्षित व्यापार गर्न सकेन। चलचित्रले ३ दिनमा करिब ८० करोडको आसपासमा व्यापार गरेको छ। यो सलमान खान स्टारर चलचित्रका लागि कम हो। कतिले सलमानको धेरै कमजोरी पनि भनिरहेका छन्।
तर, चलचित्रकी नायिका सोनाक्षी सिन्हा भने अहिले ‘दबंग–३’ को व्यापार भन्दा पनि भारतमा भईरहेको आन्दोलनको बिषयमा कुरा गर्ने समय भएको बताउँछिन्। सोनाक्षीले भनिन्,‘हामी सबैलाई थाहा छ भारतमा के भईरहेको छ। जनतालाई के महत्वपूर्ण हो भन्ने थाहा छ। तर, म दर्शकले जुन तरिकाको प्रतिक्रिया दिनुभएको छ, यसले उत्साहित छु। यो समयमा सिंगो देश नै एकत्रित भएको छ। यो चलचित्र भन्दा महत्वपूर्ण पक्ष हो।’
यो चलचित्रको अनलाइन पाइरेसी समेत भईसकेको छ। जसले गर्दा, चलचित्रको व्यापारमा ठूलो असर गर्ने पक्का छ। सोनाक्षी भन्छिन्, ‘हामीले लामो समयदेखि दर्शकलाई पाइरेट फिल्म नहेर्ने भनिरहेका छौ। यसले सिंगो चलचित्र क्षेत्रलाई नै असर गर्छ।’भारतमा भईरहेको नागरिकता संसोधन विधेयकको विरुद्धमा सोनाक्षीले भनिन्, ‘म यो देशका नागरिकको पक्षमा छु। म ती मानिसहरुमाथि गर्व गरिरहेकी छु, जो आफ्नो आवाज उठाउन सडकमा आएका छन्। म उनीहरुको पक्षमा छु।’
बलिउडका नाम चलेका कलाकारले यो बिषयमा नबोलेको प्रश्नमा सोनाक्षीले भारतीय मिडियासँग भनेकी छिन्,‘मलाई लाग्छ कि, कोही यो बिषयमा बोल्न चाहन्छ भने उसले बोल्न सक्छ। कसैले चाहदैन भने नबोल्दा पनि हुन्छ। आखिर, यो उसको अधिकारको कुरा हो।’ यो कुराले सबैलाई ध्यानाकर्षण गरेको छ। बलिउडका ठूला कलाकार सडकमा आउँदा सिंगो ध्यान नै उनीहरुतर्फ तानिने सोनाक्षीको भनाई छ। यदि मानिसहरुले कलाकार पनि भिंडको एक सदस्य हुन् भन्ने वुझेको खण्डमा, सेलिब्रिटी पनि सडकमा आउने सोनाक्षीले बताइन्।
‘ब्रह्माश्त्र’ मा अमिताभ बच्चन, मौनी रोय, नागार्जुना अक्किनेनी र डिम्पल कपाडियाको पनि मुख्य भूमिका छन। फिल्म सन् २०२० को मध्य वा अन्त्यतिर रिलिज हुने बताइएको छ। यो बाहेक रणवीर करण मलहोत्राको ‘शमशेरा’ मा पनि काम गर्दैछन्। ‘शमशेरा’ मा सन्जय दत्त र वाणी कपुरको पनि मुख्य भूमिका हुनेछ।