एजेन्सी– शाओमीको सब ब्राण्ड पोको फोनको निकै लामो समयदेखि अपग्रेड भर्सन आउने भएको छ। शाओमीले पोको एफ २ लन्च गर्ने तयारी गरेको छ। कम्पनीका ग्लोबल हेड एल्भिनले ट्विट गरेर सो जानकारी दिएका हुन्।
एल्भिनले ट्विट गरेर सन् २०२० मा पोको ब्राण्डको बारेमा धेरै जानकारीहरु बाहिर आउने बताए। कम्पनीले आगामी वर्ष पोको एफ १ को अपग्रेड भर्सन लन्च गर्ने अनुमान गरिएको छ। तर उनले नयाँ स्मार्टफोन कहिले लन्च हुन्छ भन्ने पनि सोहि समय बताईने उल्लेख गरेका छन्।
गएको नोभेम्बरमा शाओमीको एउटा नयाँ स्मार्टफोनलाई ३सी सर्टिफिकेसन दिईएको थियो र त्यो नै स्मार्टफोन एफ २ भएको अनुमान गरिएको छ। सो स्मार्टफोनको मोडल नम्बर एम१९१२जी७बीई/सी दर्ता गरिएको थियो र यसमा २७ वाटको फास्ट चार्जिंग फिचर पनि छ।
पोको एफ वान कम्पनीले २०१८ मा सार्वजनिक गरेको थियो। जसलाई सूपथ मूल्यमा पावरफुल स्मार्टफोनको रुपमा लिईएको थियो भने निकै उत्साहजनक प्रतिकृयाहरु आएका थिए। सो स्मार्टफोनमा स्न्यापड्रागन ८४५ प्रोसेसर राखिएको थियो भने मुल्य निकै सस्तो तोकिएको थियो।