काठमाडौँ– डर्ट बाइक बिक्रेता कम्पनी क्रशफायरले नेपालमा नयाँ बाइक एनसी २५०को बुकिङ्ग खुलाएको छ। केही समय अगाडिमात्रै डर्ट मोटरसाइकल जिआर ७ को नयाँ संस्करण अनावरण गरेको क्रशफायरले अल न्यु एनसी २५० को वितरण सुरु गर्ने भएको हो।
मोटार्ड र डर्ट गरि दुई भेरियन्टमा बिक्री हुने यो मोटरसाइकल एक्सजेड २५० आरआरको परिमार्जित संस्करण रहेको कम्पनीले जनाएको छ। यसमा उपलब्ध कुलिङ सिस्टमको जेडएस १७७ एम लिक्वीड कुल्ड इन्जिनले ३० हर्ष पावरका साथै २३ एनएम टर्क उत्पादन गर्छ। इन्जिनमा ६ स्पिड गियरबक्स लगाइएको छ।
फ्रन्ट र रियर साइडमा ब्रेम्बो डिस्क ब्रेकिङ सिस्टम दिइएको छ भने मोटरसाइकलमा प्रो लिंक सिंगल सक र स्प्रिङ प्रिलोडको सस्पेन्सनको फिचर दिइएको छ। फरक विशेषता समेटिएको एनसी २५० मा हेलोजन हेडलाइट, एलइडी टेलल्याम्प, एलइडी टर्निङ लाइट, अपसाइड डाउन फर्क र डिजीटल इन्स्ट्रुमेन्ट डिस्प्लेको फिचर दिइएको छ।
सिएनसी क्लिनिङ फुट पेज, क्युबिक हेडलाइटको फिचर समेटिएको यो मोटरसाइकल सेतो र रातो कलर अप्सनमा उपलब्ध हुनेछ। यसले प्रतिलिटर ३० किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ। कुल तौल १०७ किलोग्राम भएको यो मोटरसाइकलको सिट हाइट ९४० एमएम र ग्राउन्ड क्लियरेन्स ३३० एमएम रहेको छ। यसमा ९ लिटर इन्धन क्षमताको फ्युल ट्यांकी लगाइएको छ।
कम्पनीको लागि नेपालको आधिकारिक वितरक क्लासिक ह्वील एक्सपोर्ट एन्ड इम्पोर्टले मोटरसाइकलको सुरुवाति मूल्य ५ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको थियो। करिब एक महिना अगाडि सार्वजनिक भएको यो बाइक ५० हजार रुपैयाँमा बुकिङ्ग गर्न सकिने र बुकिङ्ग गरेको १० दिनभित्र ग्राहकलाई बाइक उपलब्ध गराउने कम्पनीले जनाएको छ।
फाइनान्स सुविधामा एनसि २५० किन्ने ग्राहकले सुरुवातमा ६० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने छ। कम्पनीले ग्राहकलाई अधिकतम दुई वर्षको लागि कर्जा उपलब्ध गराउने भएको छ।