काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालत, न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेका छन्।
प्रधानन्यायाधीश राणाले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन पेश गरेका हुन्।
नेपालको संविधानको धारा १३८ बमोजिम सो प्रतिवेदन पेश भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।