काठमाडौँ– केही दिनअघि भारतमा सार्वजनिक भएको टाटा मोटर्सको अल्ट्रोज जनवरीको अन्तिम साता नेपाली बजारमा सार्वजनिक हुने भएको छ। टाटा मोटर्सको लागि नेपालको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले कम्पनीको पहिलो प्रिमियम ह्याचब्याक कार अल्ट्रोज नेपाली बजारमा सार्वजनिक गर्न लागिएको हो।
कम्पनीले ल्याउने उक्त ह्याचव्याक कार निकै आरामदायी, ठुलो स्पेश, क्लासिक फिचर तथा ठूला कारको जस्तै पफर्मेन्स रहने कम्पनीले दबी गरिएको छ।
चेसिसमा कम तौलको मेटलको प्रयोग गरिएको यो कारमा आकर्षक हेडलाइट र डे टाइम रनिंग लाइटको फिचर समेत रहेको कम्पनीले जनाएको छ। साथै, यसमा ३४१ लिटरको बुटस्पेश उपलब्ध हुने छ।
१७ इन्च अलोय ह्वील लगाइएको अल्ट्रोजको लम्बाई ३९८८ एमएम, चौडाई १७५४ एमएम र उचाई १५०४ एमएम रहेको भने यसको ह्वीलवेश २५०१ एमएम रहेको छ।
अल्ट्रोजमा १.२ लिटर टर्बोचार्ज थ्री सिलिन्डर पेट्रोल इन्जिन रहेको यो कारले ५५ सय आरपीएममा १०२ एचपी पावरका साथै १७५० देखि ४ हजार आरपीएममा १४० एनएम टर्क उत्पादन गर्छ। यसमा ७.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको प्रयोग गरिएको छ।
यसको सुरुवाति मूल्य करिब ३४ लाख हाराहारीमा पर्ने अनुमान गरिएको छ। यद्यपी कम्पनीले यसको मूल्यका विषयमा अहिल्यै कुनै जानकारी दिएको छैन।