काठमाडौं– लोकप्रिय गायक बालकुमार श्रेष्ठका एक पछि अर्को गीत बजारमा आएका छन्। नेपाली लोक तथा दोहोरी क्षेत्रका चर्चित गायिकाहरु सँग आवाज भर्ने उनले केही समय अगाडि बिष्णु माझी र अन्जु पन्तको आवाजमा सहकार्य गरेका थिए। यसपटक अर्की चर्चित गायिका शान्तिश्री परियार सँग आवाज दिएका छन्।
सुरेश रमण अधिकारीको लय र सागर रेग्मीको शब्द रहेको गीत निकै मार्मिक बनेको छ। प्रकाश भट्टको निर्देशन गरेको गितको म्यूजिक भिडियोमा राजु विरही लामा र सगुन शाहीको अभिनय रहेको छ। पोखरा आशपासमा छायाँङ्कन गरिएबकाे भिडियो एकदमै राम्रो बनेको छ। एकदमै रमणीय दृष्य कैद गरिएको भिडियोको छायाँङ्कन राजेश घिमिरेले गरेका हुन्। चन्द्र सूर्य फिल्मस् प्रा.लि. बाट सबत्र बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=cqhsOqFZ0Ws