खोटाङ– नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै जाँदा खोटाङका हरेक स्थानीय तहले पर्यटकीय क्षेत्रको सरसफाइ तथा स्तरोन्नतिको कामलाई तीव्रता दिएका छन्।
त्रिधार्मिकस्थल हलेसी, बराहपोखरी, टेम्के, तावाभञ्ज्याङ, रुपाकोट, मझुवागढी, भुलभुलेलगायतका धार्मिक तथा पर्यटकीयस्थल सरसफाइ तथा स्तरोन्नति गरिएको हो।नेपाल भ्रमण वर्षको अवसर पारेर जिल्लाका विभिन्न ठाउँमा महोत्सवको आयोजनासमेत गरिएको छ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा १० दिने ‘खोटाङ महोत्सव’, त्रिधार्मिकस्थल हलेसीमा ‘हलेसी महोत्सव’, ऐँसेलुखर्क गाउँपालिकामा ‘बहानेपाखरी महोत्सव’लगायतका कार्यक्रम तय गरिएको छ।