दाङ– दुई महिनाअघि पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका २१ कार्यकर्ता कारागार चलान भएका छन्।
राजपुर गाउँपालिका –४ मुंग्रठा खोलाबाट पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत दाङका न्यायाधीश रितेन्द्र थापाको इजलासले सोमबार प्रतिव्यक्ति १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो।
उनीहरुले धरौटी तिर्न नसक्ने भएपछि पुर्पक्षका लागि उनीहरुलाए कारागार चलान गरिएको हो। धरौटीमा छुटे पनि प्रहरीले अन्य मुद्दामा पक्राउ गर्ने तयारी गरेपछि आफुहरुले धरौटी नतिर्ने र पूर्पक्षका लागि कारागार जाने निर्णय लिएको नेकपाका मध्यपश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्दले बताए।