काठमाडौं– न्यायपरिषद् सदस्यमा वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर ‘निराला’ खड्काको नाम सिफारिस भएको छ। सर्वोच्च अदालतको न्यायाधीश बन्नका लागि पदमप्रसाद वैदिकले राजिनामा गरेसँगै उक्त पद रिक्त भएकाे थियाे।
मंगलबार बिहान बसेको संसदीय सुनुवाइ समिति बैठकले खड्काको नाम सिफारिस गर्दै १० दिनको समय दिएर उनीविरुद्ध उजुरी आह्वान गरेको छ। खड्का तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका महान्यायाधिवक्ता रहेका थिए। निराला ०६२ पुस ११ देखि ०६३ वैशाख १५ सम्म महान्यायाधिवक्ता थिए।
त्यसबेला मन्त्रिपरिषदको अध्यक्ष ज्ञानेन्द्र शाह थिए। त्यसअघिका महान्यायायधिवक्ता पवन ओझा सर्वोच्चको अस्थायी न्यायाधीश नियुक्त भएपछि निरालालाई महान्यायाधिवक्ता बनाइएको थियो। खड्कालाई सरकारको कोटाबाट सिफारिस हुने सदस्य पदमा अवसर दिइएको हो।