वीरगञ्ज— पूर्व पश्चिम राजमार्गअन्तर्गत विद्युतीय रेलमार्गको ट्रयाक निर्माण कार्यले गति लिन थालेको छ।
सङ्घीय सरकारबाट करिब सवा तीन अर्बको लागतमा निर्माण भइरहेको रौतहट जिल्लाको बाग्मतीदेखि धन्सारसम्म करिब २३ किलोमिटर क्षेत्रमा ट्रयाक खोल्ने काम द्रुतगतिमा भइरहेको बताइएको छ।
रेल्वे विभागले तीन वटा लिंक लाइनसहित पूर्व पश्चिम राजमार्गको एक हजार तीन दशमलव आठ किलोमिटरसम्मको विद्युतीय रेलमार्ग १० वटा प्याकेजमार्फत निर्माण गर्न लागिएको छ।
एकदेखि पाँच नम्बरसम्मको प्याकेजको ठेक्का लिएका ठेकेदार कम्पनीले साढे दुई बर्षभित्र सबै काम सक्नुपर्नेगरी सरकारसँग सम्झौता गरेको छ।सो सम्झौताअनुसार अहिले ट्रयाक निर्माणसँगै पुल निर्माणको काम पनि शुरु भएको छ।
जसअन्तर्गत सो क्षेत्रको बाग्मती, पौराइ, लमाहा, चाँदी, सत्यारी र अमोमा खोलामा छ वटा पुल निर्माण गरिने छ। अहिले सो क्षेत्रमा कालोपत्र गर्ने काम भइरहेको छ।