एजेन्सी– सिरिजको प्रचलन बढ्न थालेपछि अहिले बलिउडमा पनि सिरिजकै मौसम आएको छ। नेपाली चलचित्रमा जस्तै बलिउडमा पनि मेकरहरु हिट गीतलाई रिमिक्स गर्ने, हिट नाममा सिरिज बनाउन केही निर्माताहरु तल्लिन छन्। निर्देशक प्रियादर्शनले चलचित्र ‘हंगामा’ को सिरिज बनाउने भएका छन्। ‘हंगामा–२’ नाम राखेर बनाउन लागिएको यो चलचित्रलाई रतन जैनले निर्माण गर्दैछन्।
यो चलचित्र सन् २०२० को अगष्ट १४ तारिखमा रिलिज हुनेछ। चलचित्रमा नायिका शिल्पा सेट्टी र कलाकार पारेश रावलको मुख्य भूमिका रहने पक्का भएको छ। यसैगरी, चलचित्रमा मेजान जाफ्री र प्रनिथा सुवासको पनि मुख्य भूमिका रहनेछ। यो चलचित्रलाई पूर्णतया कमेडी कथामा निर्माण गरिने बताइएको छ। ‘कन्फ्यूजन अनलिमिटेड’ यो चलचित्रको स्लोगन नै छ।
नायिका शिल्पा सेट्टी अहिले एकपछि अर्को चलचित्रमा काम गरिरहेकी छिन्। बलिउडमा शिल्पा दरिलो कमब्याकको प्रतिक्षा गरिरहेकी छिन्। पारेशसँगको उनको यो रोमान्सलाई धेरैले प्रतिक्षा गरिरहेका छन्।