पोखरा– पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटअन्तर्गको खेलमा चितवन राइनोज र काठमाडौं गोल्डेन्स वारियर्स भिडिरहेका छन्। पोखरा रंगशालामा जारी खेलमा चितवनले काठमाडौंलाई १ सय ६८ रनको विजयी लक्ष्य दिएको छ।
चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको हो। उसका लागि लागि बाबर हयातले आक्रामक पारी खेलेका छन्। हयातले ४७ बलमा ६ छक्का र ३ चौका प्रहार गर्दै ७० रन बनाए। त्यस्तै रोहन मुस्ताफाले ५२ बलमा नटउट ५९ रनकाे याेगदान दिए भने आरिफ शेखले १५ रन बनाए।
चितवनको लागि अमर रोउटेला, वसन्त रेग्मी, सुशन भारी र दिपेश भण्डारीले समान एक एक विकेट लिए। प्ले अफमा स्थान बनाउन ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले पारस खड्काको नेतृत्वमा रहेको चितवनलाई हराउनैपर्ने दबाब छ। चार खेलमा ४ अंक जोडेको काठमाडौं तालिकाको तेस्रो स्थानमा रहेको छ। जितले काठमाडौं प्ले अफमा पुग्नेछ।
तर काठमाडौं पराजित भएमा भने अन्य खेलको नतिजाको प्रतिक्षा गर्नुपर्ने हुन्छ। चितवन भने यसअघि नै प्ले अफ पुगिसकेको छ। काठमाडौंविरुद्ध जित निकाल्दै चितवन अपराजित यात्रालाई निरन्तरता दिने दाउमा छ। खेल जितेमा चितवन फाइनलमा पुग्नेछ।