एजेन्सी– बलिउड चलचित्र ‘बाघी–२’ मा नायक टाइगर श्राफ र उनकी प्रेमिका नायिका दिशा पटानीको मुख्य भूमिका थियो। ‘बाघी’ मा भने टाइगरसँग नायिका श्रद्धा कपुरले रोमान्स गरेकी थिइन्। अहिले चलचित्र ‘बाघी–३’ को धमाधम छायाँङ्कन चलिरहेको छ। यो चलचित्रको ४० दिनको छायाँङ्कन सर्वियामा गरिएको थियो। नायक टाइगर श्राफले क्लाइमेक्सको दृश्य सर्वियामा गरेका थिए।
चलचित्रमा टाइगरको अहिलेसम्मकै फरक एक्सन हेर्न पाइने बताइएको छ। यसै बिच, केही समयदेखि यो चलचित्रमा नायिका दिशा पटानीको पनि विशेष भूमिका रहने चर्चा चलिरहेको थियो। यो खबरले उनका फ्यानहरु निकै खुशी देखिएका छन्। तर, मुम्बइको छायाँङ्कन शुरु भएसँगै दिशाले काम शुरु गरेकी छिन्। दिशाले चलचित्रमा काम गर्न पाउँदा आफू उत्साहित भएको भन्दै फ्यानलाई भिडियो सन्देश समेत सार्वजनिक गरेकी छिन्।
चलचित्रमा उनको भूमिका कस्तो रहने भन्ने कुरा अहिलेसम्म खुलेको छैन। तर, दिशाको प्रवेशसँगै चलचित्रप्रति यो सिरिजका फ्यानलाई अझै कौतुहलता हुने पक्का छ। सन् २०२० को मार्च ६ मा रिलिज हुने यो चलचित्रलाई अहमद खानले निर्देशन गरिरहेका छन्।