राजविराज– राजविराज जेसिजको ४४औँ वार्षिक साधारणसभाले सन् २०२० का लागि नानीमैयाँ कटवाल ‘पुनम’ को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
राससकर्मीसमेत रहेको कटवाल सन् २००९ देखि जेसिज अभियानमा लागेका हुन्। उनले राजविराज जेसिजको जनसम्पर्क अधिकारी, शाखा सम्पादक, उपाध्यक्ष, सहसचिव, कार्यकारी उपाध्यक्ष, कानूनी सल्लाहकार र महासचिवको भूमिका निर्वाह गरिसकेका छन्।
साधारणसभाले २०१९ का राजविराज जेसिसको नेतृत्वमा महासचिव कटवालद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष विप्लव आनन्दद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनसमेत पारित गरेको छ।
सन् १९७६ मा स्थापना भएको राजविराज जेसिजले हालसम्म एकजना संस्थापक अध्यक्ष गरी ४४ अध्यक्ष प्राप्त गरिसकेका छन् भने दुईजना राष्ट्रिय अध्यक्षसमेत दिएको छ। रासस