काठमाडौँ– नेपाली बजारमा लामो समयसम्म १५० सीसी सेग्मेन्टमा उत्कृष्ट प्रदर्शन गरेको मोटरसाइकल होन्डा यूनिकर्न १५० पुनः नेपाली बजारमा आउने भएको छ। अग्रेजी नयाँ बर्षलाई लक्षित गरेर होन्डको आधिकारकि वितरक स्याकार ट्रेडिङले यो मोटरसाइकल नेपाली बजारमा पुनः सार्वजनिक गर्ने भएको हो।
होन्डाले यूनिकर्नलाई अपग्रेड गरेर १६० सीसीमा नयाँ लुक्ससहित सार्वजनिक गरे पश्चात् १५० सीसी बन्द गर्ने घोषणा गरेको थियो। अब भने उक्त मोटरसाइकल पुनः आउन लागेको हो। कम्पनीले सीबी यूनिकर्नको ग्राफिकमा परिर्वतन गरेर बजारमा उतारेको छ भने, मेकानिकल पाटर्समा कुनै परिवर्तन गरेको छैन।
नयाँ यूनिकर्नमा नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसारको १४९ सीसीको सिगंल सिलिन्डर एयरकूल्ड इन्जिन दिइएको छ। उक्त इन्जिनले ८००० आरपीएममा १२.७ बीएच पावर तथा ५५०० आरपीएममा १२.८० एनएम टर्क जेनेरेट गर्छ। उक्त मोटरसाइकलमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ।
यूनिकार्न १५० मोटरसाइकलमा स्टाइलिस एनालग कन्सोल, सिगंल पिस बल्ब हेडलाइट, फराकिलो सिट, थ्री डी होन्डा लोगो, ५ स्पोक कालो अलोय ह्वील जस्ता विशेषता समेटिएको छ।
यो बाइकको फ्रन्टमा टेलिस्कोप फर्क र रियरमा मोनोशक दिइएको छ। यो मोटरसाइकलको फ्रन्ट चक्कामा २४० एमएमको डिस्क ब्रेक र रियरमा १३० एमएमको ड्रम ब्रेक रहेको छ। यसमा सिंगल च्यानल एबीएसको विशेषता समेत पाउन सकिन्छ।
होन्डा यूनिकर्न र सीबी साइन होन्डाको सबैभन्दा चर्चित बाइकहरु हुन्। बिक्री बन्द भएको लामो समय भएता पनि नेपाली सडकमा यो मोटरसाइकल अझै उल्लेख्य रुपमा देख्न सकिन्छ। उत्कृष्ट माइलेज, राम्रो रिसेल भ्यालू, पार्टसको सहजता जस्ता कुराले यो मोटरसाइकल सबै वर्गमा लोकप्रिय रहेको छ।
यो मोटरसाइकलको मूल्य भने मूल्य २ लाख ७५ हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ। यद्यपी कम्पनीले भने यो मोटरसाइकलको मूल्य निर्धारण नभई सकेको जनाएको छ।