काठमाडौं– चलचित्र ‘चपली हाइट–३’ को छायाँङ्कन कार्य सकिएको यसको निर्माण पक्षले बताएको छ। यो चलचित्रलाई करिब ३२ दिन लगाएर खिचिएको छ। निर्माता अर्जुन कुमारले सबै प्राविधिक र कलाकारको साथले चलचित्रको छायाँङ्कन समयमै सकिएको बताए। चलचित्र ‘चपली हाइट–३’ लाई काठमाडौं र यसको आसपासको क्षेत्रमा खिचिएको छ। सस्पेन्स थ्रीलर कथामा यो चलचित्रको निर्माण गरिएको छ।
निकेश खड्काको निर्देशनमा तयार भएको यो चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारको मुख्य भूमिका छ। सिरिजले नै हिट भएको चलचित्रमा पहिलो सिरिजमा नायिका बिनिता बरालले निकै गाली खाएकी थिईन्। अहिले नायिका स्वस्तिमा र सुपुष्पा भने त्यस्तो गाली खाने नायिकामा नपर्लान भन्ने धेरैको अनुमान छ।
चलचित्रको प्रदर्शन मिति चैत्र २८ गतेलाई तोकिएको छ। निर्माता कुमारले, चलचित्रको प्रचारसँगै पोष्ट प्रोडक्शन काम पनि अगाडि बढाउने बताए। चलचित्रको अघिल्ला २ सिरिजले दर्शकको राम्रो साथ पाएका थिए। यसैले पनि तेश्रो सिरिजले पनि दर्शकलाई बाँधेर राख्ने निर्देशक खड्काको विश्वास छ।