एजेन्सी– टोकियो मोटर शो २०१९ मा सार्वजनिक गरेको इ–टेक्नोलोजिमा आधारित रहेर होन्डाले इलेक्ट्रीक स्कुटर बनाउने घोषणा गरेको थियो। उक्त घोषणा अनुसार कम्पनीले नयाँ इलेक्ट्रीक स्कुटर ‘बेन्ली’ ल्याउने भएको छ।
जापानमा सामान डेलिभरी गर्न प्रयोगमा ल्याउने भएको यो स्कुटरमा लिथिएम आयोन व्याट्री प्रयोग गरिएको छ। जसले एक पटकको फुलचार्जमा ८७ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।
कम्पनीले यसको बिक्री अप्रिल २०२० बाट सुरु गर्ने भएको छ। यद्यपी कम्पनीले यो स्कुटर वार्षिक २०० यूनिटमात्र बिक्री गर्ने जनाएको छ। कम्पनीले यसको जापानी बजारमा ६ हजार ७३८ डलर मूल्य तोकेको छ। तर, निकट भविष्यमा यसको उत्पादन आउने वृद्धिसँगै स्कुटरको मूल्यमा कमि आउने अनुमान गरिएको छ।