काठमाडौं– समाजवादी पार्टीले सरकारबमट बाहिरिने निर्णय गरेको छ। संविधान संशोधनको एजेण्डा बोकेर सरकारमा सामेल भएको समाजवादीले संविधान संसोधनप्रति प्रधानमन्त्रीले वेवास्ता गरेको भन्दै सरकारमा नबस्ने जनाएको हो।
मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले यस्तो निर्णय गरेको हो। वर्तमान सरकारमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्री रहेका छन्। स्वास्थ्य मन्त्रालय सम्हालिरहेका यादवलाई यसअघि पुनर्गठित मन्त्रीमण्डलमा कानुन मन्त्री बनाइएको थियो।
पार्टीकाे सरकार छाेड्ने निर्णयसँगै उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले राजिनामा दिएका छन् भने शहरी विकास मन्त्री माेहम्मद इस्तियाक राइले पनि मन्त्री पदबाट राजिनामा दिएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद बैठकमा यादवले संविधान संशोधनको प्रस्ताव राखेका थिए। तर प्रधानमन्त्रीले उनको प्रस्तावलाई अस्विकार गरेका थिए।
