मलेसिया — भिसा सकिएर बस्दै आएका नेपालीहरुलाई घर फर्कन आग्रह गरेकाे छ।
सरकारले भिसा सकिएर अवैध रुपमा बस्दै आएका नेपालीहरुलाई घर फर्किनका लागि दिएको समय पुष १५ गतेबाट सकिने भएको छ।
नेपालीहरुलाई मलेसियन सरकारले घर फिर्तिका लागि अवसर प्रदान गरेको थियो। आगामी जनवरी एक देखि मलेसियन सरकारले अवैध रुपमा बस्दै आएका नेपालीमाथि धरपकड गर्ने तयारी गरिरहेको छ।
वैदेशिक रोजगारीका लागि प्रमुख गन्तब्य रहेको मलेसियामा कति मात्रामा अवैधानिक नेपाली छन त्यसको अनुमान गर्न सकिएको छैन।