एजेन्सी– संसारकै सबै भन्दा ठूलो राष्ट्र रुसले आफ्नै इन्टरनेट अथार्त इन्ट्रानेट सिस्टम बनाउन सफल भएको छ। वर्ल्ड वाइड इन्टरनेटबाट विच्छेद गरेर विभिन्न चरणमा भएको सिस्टमको परीक्षण सफल भएको रुसी सरकारले जानकारी दिएको हो।
आफ्नै राज्यको इन्टरनेट पूर्वाधार (रुनेट) अन्तराष्ट्रिय डीएनएस सिस्टम तथा बाहिरी इन्टरेनट बिना काम गर्न सक्छ वा सक्दैन भन्ने विषयमा रुसले परीक्षण गरेको थियो। उक्त परिक्षणमा रुसी सरकारी संस्था, देशका टेलिफोन तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको सहभागितामा धेरै दिनसम्म चलेको थियो।
यसै क्रममा ‘रुनेट’ विश्वकै सबैभन्दा ठुलो इन्ट्रानेट बनेको छ। यद्यपी रुसी सरकाले उक्त परिक्षणको प्राविधिक विषय भने सार्वजनिक गरेको छैन्। प्राविधिक जानकारी बाहिर नल्याए पनि रुसका टेलिकम सेवा प्रदायक तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरु विश्व इन्टरनेटबाट सुरक्षा चुनौती आएको खण्डमा जुन सुकै सयम पनि बाहिरिन सक्छन् भन्ने कुरा हामी पुष्टी गर्न सक्छौँ।