एजेन्सी– बुर्किना फासोमा भएको चरमपन्थी हमलामा एक सय पाँचको मृत्यु भएको छ। सुरक्षाबल र चरमपन्थीको दोहोरो मुठभेडमा ३५ सर्वसाधारण र ८० हमलाकर्ता मारिएको राष्ट्रपति रोच मार्क काबोरलले जानकारी दिएका हुन्।
अफ्रिकी देश बुर्किना फासोमा थुप्रै चरमपन्थी संगठन सक्रिय छन् र त्यहाँ रत्तपातपूर्ण घटना थुप्रै पटक भइसकेका छन्।
चरमपन्थी हमलामा ३५ को मृत्युः
राष्ट्रपतिले यो ठूलो चरमपन्थी हमलाको बारेमा ट्वीट गरेका छन्। उनले ट्विटरमार्फत सुरक्षा बलसँगको मुठभेडमा ३५ सर्वसाधारणको मृत्यु भएको र मृत्यु हुनेमा प्राय महिला रहेको जनाएका छन्। बुर्किना फासोको सेनाले अरबिन्दा शहरमा एका बिहानै भएको उक्त चरमपन्थी हमलामा सुरक्षाबलका आठ जवानसमेत मारिएका छन्। मिडिया रिपोर्टमा यसलाई पछिल्लो पाँच वर्षमा भएको सबैभन्दा ठूलो चरमपन्थी हमला बताइएको छ।
‘सेनाका ८ जवान पनि हमलामा शहीद’
सेनाको तर्फबाट जारी बयानमा भनिएको छ, ‘यो कायरतापूर्ण हमलामा आठ जवान शहीद भएका छन्। मारिएका व्यक्तिमा धेरैजसो महिला छन् र कूल ३५ को ज्यान गएको छ। सुरक्षा बलका हाम्रा जवानले चरमपन्थीहरुसँग पूर्ण साहससहित सामना गरे। हामी आफ्ना नागरिक र जवानका लागि मनैबाट समवेदना प्रकट गर्छौं।’
चरमपन्थी हमलापछि देशका राष्ट्रपतिले २ दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ। हालसम्म कुनै पनि चरमपन्थी संगठनले हमलाको जिम्मेवारी लिएको छैन।