ललितपुर — ललितपुर महानगरपालिकाले ५० जना नगर प्रहरीको माग गरेको छ। महानगर नगरकार्यपालिकाको निर्णयअनुसार १५ दिने सूचना निकालेर करार सेवाका लागि नगर प्रहरीको माग गरेको हो।
फारम भर्नको लागि इच्छुकहरुले पाँच सय रुपैयाँ शुल्क सँगै फारमको लागि छुट्टै एक सय बुझाउनुपर्ने छ। पुस २३ गतेभित्र इच्छुकलाई दरखास्त दिन महानगरले आग्रह गरेको छ। १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका र कक्षा ८ पास गरेकोले दरखास्त दिन सक्ने महानगरले जनाएको छ।
पुरूषका हकमा उचाइ घटीमा पाँच इन्च, तौल ५० केजी र महिलाको हकमा उचाइ पाँच फिट, तौल ४२ केजी तोकिएको छ। दरखास्त फारम महानगरको वेबसाइट lmc.gov.np बाट पनि डाउनलोड गर्न सकिन्छ।