काठमाडौं– पुस १० गतेका लागि बोलाइएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुस ११ गतेको लागि सरेको छ।
विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली प्रकाशनलगायतका विषयमा सहमति हुन नसकेपछि पुस १० गतेका लागि बोलाइएको बैठक पुस ११ गतेसम्मका लागि तय गरिएको हो।
मंसिर २६ देखि बसेको बैठकमा औपचारिक प्रस्तावमा छलफल हुन नसकेपछि विभिन्न समयमा बोलाइएको बैठक स्थगित हुँदै आएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक पुस ११ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाए।