काठमाडौँ– नेपाल टेलिकमले क्रीसमस र नयाँ वर्ष २०२० लाई लक्षित गरि फोरजी डबल बोनान्जा अफर सार्वजनिक गरेको छ। उक्त अफर अन्तर्गत प्रयोगकर्ताले जति डेटा लियो त्यति नै डेटा सित्तैमा पाइने नयाँ अफर ल्याएको हो।
कम्पनीका अनुसार यो अफर अन्तर्गत तीन ओटा प्याक रहनेछन्। जसमध्ये २५ रुपैयाँको प्याक एक दिनसम्म प्रयोग गर्न सकिने छ। यो प्याकमा प्रयोगकर्ताले २ सय एमबीसहित थप २ सय एमबी गरेर चार सय एमबी डेटा पाउनेछन्।
त्यस्तै १ सय रुपैयाँमा सात दिन प्रयोग गर्न सकिने ५ सय एमबीको प्याक खरिदमा थप अर्को ५ सय एमबी डेटा निस्शुल्क प्राप्त हुनेछन्। २ सय ४० रुपैयाँ मा प्राप्त हुने १.५ जीबी डेटाको खरिदमा पनि त्यति नै थप डेटा उपलब्ध हुनेछ।यो डेटा २८ दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।
यो सबै कर सहितको रकम हो। टेलिकमको यो प्याक खरिद गर्न *१४१५*५# डायल गर्नुपर्न हुन्छ। यद्यपी यो अफर फोरजी प्रयोगकर्ताका लागि मात्र लागु हुने टेलिकमले जनाएको छ।