चितवन– चितवन राष्ट्रिय निकुञ्जमा एउटा बाघ मृत फेला परेको छ। कसराका गेमस्काउट महेन्द्र चौधरीका अनुसार राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्साको ठोरी गाउँपालिका–३ को वेदघारी सामुदायिक वन क्षेत्रमा पर्ने वनमा वयस्क बाघ मृत फेला परेको हो।
स्थानीयबासिन्दाले घाँसकाट्न जाने क्रममा बाघ मृत अबस्था भेटेपछि निर्मल ठोरी उपभोक्ता समितिमार्फत सो खबर पाएर घटनास्थल पुगेको चौधरीले जनाए। चाैधरीको अनुसार मृत बाघको शरीरभरी नै चोट रहेको छ। व्यस्यक बाघहरु एक आपसमा जुधेर मृत्यु भएको हो कि भन्ने प्रारम्भीक अनुसन्धानको क्रममा देखिएको पनि उनले बताए।
उनले चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराबाट पशु चिकित्सक सहितको विज्ञ टोली घटनास्थलमा आउँदै गरेको र विज्ञ टोलीको अनुसन्धानपछि मात्रै मृत्युको कारण खुल्ने बताए। मृत अबस्थामा फेला परेको बाघको प्रजाति पनि विज्ञ टोलीको अनुसन्धानपछि मात्रै भन्न सकिने यनले जनाए।
मृत भेटीएको बाघ बस्तीदेखि बरिब दुई किलोमिटर उत्तरतर्फको सामुदायिक वनमा मृत फेला परेको निर्मल ठोरी उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले बताए।