काठमाडौं — उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
बुधबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेता उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए।
‘संविधान संशोधन गर्न सरकारमा गए पनि त्यो प्रक्रियामा प्रधानमन्त्री ओली बाधक बनेपछि सरकारमा बस्नुको औचित्य नभएको भन्दै ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएका हौँ’, अध्यक्ष यादवले भने। उनले अब समाजवादी पार्टी संसदको प्रतिपक्षमा रहेको बताए।
समाजवादीबाट सरकारमा सहभागी यादवसहित मोहम्मद इस्तियाक राईले मंगलबार मन्त्री पदबाट राजीनामा दिएका थिए।