एजेन्सी– चिनियाँ फोन निर्माता कम्पनी रियलमीले आफ्नो नयाँ फाइभ जी स्मार्टफोन आगामी जनवरीको शुरुवातमा लन्च गर्ने भएको छ। बिगत केहि सातादेखि आफ्नो फाइभ जी स्मार्टफोन एक्स फिप्टी फाइभ जी फोनको बारेमा जानकारीहरु दिँदै आएको कम्पनीले बेईजिंगमा जनवरी ७ तारिखको दिन सार्वजनिक गर्ने भएको हो।
स्न्यापड्रागन ७६५जी चीपसेट रहेको रियलमीको एक्स फिप्टी फाइभ जी स्मार्टफोनमा ड्यूल सेल्फी क्यामरा रहेको छ। यो स्मार्टफोनले फाइभ जी र वाईफाई कनेक्सन एकैसाथ सपोर्ट गर्दछ भने यसमा भोक ४.० फास्ट चार्जर हुनेछ। यसको फास्ट चार्जरले फोनको ब्याट्रीलाई ३० मिनेटमा ७० प्रतिशतसम्म चार्ज गर्न सक्ने निर्माता कम्पनीले जनाएको छ।
हालै आएको वेबो पोस्टअनुसार एक्स फिप्टी फाइभ जी फोन दुई कलर अप्सनमा आउनेछ। सो अवसरमा कम्पनीले फाइभ जी स्मार्टफोन बाहेक लाइट एडिसन पनि सार्वजनिक गर्ने तयारी गरेको छ।