काठमाडौं– मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ। बुधबार भएको तेस्रो खेलमा फ्रेन्ड्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन पिटर सेगुन, एडिलाजा सोमिडे र रेजिन सुब्बाले समान एक–एक गोल गरे। पिटरले २८ औं मिनेटमा, सोमिडेले ५१ औं मिनेटमा र सुब्बाले ८५ औं मिनेटमा गोल गरेका थिए।
जितसँगै मछिन्द्रले ३ खेलमा ६ अंक जोडेको छ। र, मनाङ मर्स्याङ्दी क्लबलाई गोल अन्तरले पछि पार्दै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको हो। खेलमा मछिन्द्रका विशाल राई म्यान अफ दि म्याच चुनिए।
मछिन्द्रले २ खेलमा जित निकाल्दा १ खेलमा बराबरी खेलेको छ भने फ्रेन्ड्सले तीन खेलमै हार व्यहोरेको छ ।