काठमाडौं– २०७२ साल बैशाख १२ गतेको विनाशकारी महाभूकम्पले ढलेको ऐतिहासिक धराहराको पुननिर्माण तीव्र गतिमा भइरहेको छ। निर्धा्रित समयमै निर्माण सम्पन्न गर्नेगरी धराहरा पुनर्निर्माण भइरहेको पुनर्निर्माण प्रँधिकरणले बताएको छ।
धराहरा पछिको पुनर्निर्माणको अनुगमनमा गएका प्राधिकरणका कार्यकारी अधिकृत सुशिल ज्ञवालीले हालसम्म ३३ प्रतिशत काम सम्पन्न भइसकेको जनाएका छन्। पछिल्लो समय प्राधिकरणले समष् तय गरेको कार्ययोजनाअनुसार नै काम भइरहेको उनले जाकारी दिए।
ज्ञवालीले भने, ‘दुइ महिनाभित्र तलाको काम सम्पन्न गर्ने गरि काम भइरहेको छ। १२ बैशाख २०७२ को भूकम्प्ले क्षतिग्रस्त ऐतिहासिक धरहरा पुनर्निर्माणका लागि गत वर्ष पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए।’ ३ अर्ब ४८ करोड रुपौयाँ लागतमा धराहरा पुनर्निर्माण भइरहेको छ।