काठमाडौं— लुम्बिनी विकास बैंक ‘आइएमई पे ’ बिच बैंकिङ साझेदारी सम्झाँैता भएको छ।
साझेदारी सम्बन्धी सम्झौता पत्रमा आइएमई पेका तर्फबाट संचालक खिलेन्द्र पौडेल र लुम्बिनी विकासका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरेका छन्।
सम्झौतासँगै लुम्बिनी विकास बैंक आइएमई पेको बैंकिङ्ग साझेदार संस्था भएको छ। लुम्बिनी विकास बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमईमा रकमान्तर गर्न र ‘आइएमई पे’ मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्ने छन्।
झन्डै २५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो।