काठमाडौँ– हाम्रो पात्रो विभिन्न सात भाषामा उपलब्ध भएको छ। जसमा नेपाली, नेवारी, भोजपुरी, मैथिली, डोटेली, बज्जिका र अग्रेंजी रहेका छन्। नेपाली र अंग्रेजी भाषामा शुरु भएको हाम्रो पात्रो यसअघि पाँच भाषामा मात्रै उपलब्ध रहेको थियो। त्यसमा कम्पनीले बज्जिका र डोटेली भाषालाई भर्खरैमात्र समेटेको हो।
त्यसमध्ये डोटेली भाषा मदन खडायतले अनुवाद गरेका हुने, भने बज्जिका भाषामा संजय मित्र र त्रिपुरारी गुप्ताले सघाएका छन्। कम्पनीका अनुसार बज्जिका भाषा अनुवाद गर्ने संजय मित्र, बज्जिका भाषाका अभियन्ता एवं साहित्यकार समेत रहेका छन्।
त्यस्तै त्रिपुरारी गुप्ता रौतहटको गौरमा रहेर सक्रिय पत्रकारीता गर्दै आएका छन्। डोटेली भाषा अनुवादक मदन खडायत भने डोटेली भाषाका अभियान्ता हुन्। समाजशास्त्रमा स्नातक खडायत भाषा अनुवाद, ग्राफिक डिजाइन तथा भिडियो सम्पादनमा समेत पोख्त छन्।
आफ्नो भाषामा हाम्रो पात्रो प्रयोग गर्न सुरुमा एप्लिकेशन खोल्नुहोस्। त्यसपश्चात एपको देब्रे छेउको माथिल्लो भागमा रहेको तीन धर्केमा क्लिक गर्नुहोस् र त्यहाँ उपलब्ध भाषालाई विकल्पको रुपमा दिइएको पाउनु हुनेछ। जसबाट त्यहाँ रहेका मध्ये कुनै पनि भाषा छनोट गरी हाम्रो पात्रो प्रयोग गर्न सक्नुहुनेछ।
–हाम्रो पात्रोको सहयोगमा