काठमाडौं –त्रिवि शिक्षण अस्पताल टिचिङमा उपचाररत पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन भएकाे छ। उनकाे निमोनियाका कारण मृत्यु भएकाे हाे।
पारिवारीक स्राेतका अनुसार उनकाे बिहीबार बिहान साढे ५ बजे निधन भएकाे हाे। पाल्पा रामकोटमा जन्मिएका पूर्वसचिव श्रेष्ठ २०४९ मा शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेका थिए। निजामती सेवाको दौरानमा उनले विभिन्न मन्त्रालयको सचिवकाे जिम्मेवारी सम्हालेका थिए।
निमाेनिया लागेका उनलाई उपचारका लागि बुधबार अस्पताल लगिएको थियो। उपचारकाे क्रममा अस्पतालमै उनकाे मृत्यु भएकाे हाे।