काठमाडौं– नेपाल नर्सिङ संघको अध्यक्षमा मन कुमारी राई विजयी भएकी छिन्। बुधबार भएको संघको निर्वाचनबाट १९ औं कार्य समितिमा राई नेतृत्वको प्यानल विजयी भएको हो।
राईले उनको प्रतिस्पर्धी मुना राना थापालाई एक हजार १ सय ९१ मतको अन्तरले पराजित गरेकी हुन्। राइले ३ हजार २ सय ७६ मत प्राप्त गर्दा थापाले २ हजार ८५ मत पाएकी हुन्।
त्यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा, उपाध्यक्षमा मिना बानिया, महासचिवमा नर्वदा थापा, सचिवमा प्रमिला थकाली, कोषाध्यक्षमा कल्पना श्रेष्ठ निर्वाचित भएका छन्। यस्तै खुल्ला सदस्य तर्फ विजया अधिकारी, जनजाती सदस्यमा सोनु शेर्पा, दलित सस्दयमा सपना विक, मधेशी सदस्यमा अञ्जु कुमारी महतो, मुश्लीम सदस्यमा कोहिनुर फारुकीले जित हासिल गरेका छन्।
अन्तिम मतपरिणामः
