पोखरा– दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको इलिमिनेटरमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई जितका लागि १ सय ६६ रनको लक्ष्य दिएको छ।
पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रन बनायो। उसका लागि सुनिल धमलाले अर्धशतकीय पारी खेले। उनले ५४ बलको सामना गरेका उनले २ छक्का र ४ चौकाको मद्दतमा ६१ रन बनाए। विराटनगरका कप्तान प्रदिप ऐरीले अविजित ३३ रन, जैद आलमले २० रन, लोकेश बम र पुनित महराले समान १९ रनको योगदान दिए।
बुटवलका हर्ष टंकले २ विकेट लिए। यस्तै ललित भण्डारी र अविनास बोहराले समान १–१ विकेट लिए। पहिलो पटक फाइनल पुग्ने दाउमा रहेको दुई टिमबीचको खेल प्रतिस्पर्धात्मक भइरहेको छ। इलिमिनेटेर खेलमा विजयी हुने टिमले फाइनलमा चितवन राइनोजसंग खेल्नेछ।