काठमाडौं– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब तालिकाको शीर्षस्थानमा उक्लिएको छ। बिहीबार भएको खेलमा मनाङले लगातार तेस्रो जित निकाल्ने क्रममा बिबिसीलाई १–० गोलले पराजित गरेको हो।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङको लागि जगजित श्रेष्ठले गोल गरेका थिए। श्रेष्ठले खेलको पहिलो हाफमा गरेको गोल नै मनाङको जितमा निर्णायक बन्यो। उनले खेलको २५ औं मिनेटमा जगतिजले वान टचमा गोल गरेका थिए।
खेलमा राम्रो शुरुवात गरेको बीबीसीले सुन्दर मौकाहरुको सदुपयोग गर्न सकेन। त्यस्तै मनाङले पनि अवसरलाई गोलमा परिणत गर्न सकेको थिएन। खेलको तेस्रो मिनेटमा बिबिसीका कप्तान अनिल गुरुङको प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो। त्यस्तै २३ औं मिनेटमा मनाङका विमल रानाले वान टु वानमा गोल गर्न सकेनन्।
२५ औं मिनेटमा मनाङले गोल गर्दै खेलमा अग्रता बनाएको थियो। त्यसपछि खेल प्रतिस्पर्धात्मक बनेपनि अन्य गोलहरु हुन सकेन र मनाङले जित हासिल ग¥यो। जितसँगै ९ अंक जोडेको मनाङ शीर्षस्थानमा पुगेको छ। बिहिबार नै संकटा र प्रभु जावलाखेल युथ क्लबबीच दोस्रो खेल हुँदैछ। उक्त खेल ३ बजे शुरु हुनेछ।