काठमाडौं —भ्रमण वर्ष २०२० लाई सफल पार्नकाे लागि सरकारले पर्यटक लक्षित विभिन्न कार्यक्रमहरू सार्वजिनक गरिरहेकाे छ। यसैबीच भ्रमण वर्षलाई लक्षित गरी देशका बिभिन्न ठाउँमा सुचना तथा सहायता केन्द्रको स्थापना गरिदैँ छ।
सरकारले भ्रमण वर्ष २०२० मा नेपाल आएका पर्यटकहरुलाई सहजिकरण गर्नको लागि देशकाे विभिन्न ठूला सहरहरूमा सुचना तथा सहायता केन्द्रकाे स्थापना गरिरहेकाे छ। साेहि अनुरूप काठमाडौँको दरबार मार्गमा सुचना केन्द्र निर्माण गरिएको छ। दरबार मार्गमा सुचना केन्द्रकाे स्थापना गरिएकाे आनन्द श्रेष्ठले जानकारी दिएका छन्।
सरकारले पर्यटकहरुलाई कुनै पनि समस्या आएमा सम्पर्क गर्न आग्रह गर्दै आवश्यक सुचना दिने उद्देश्यले देशका १० वटा सहरमा सुचना तथा सहायत केन्द्रको स्थपना गरिरहेको हाे। ललितपुर, स्वयम्भु, बुटवल लगायतका सहरमा पनि सुचना तथा सहायता केन्द्रको स्थापना गरिदैँ छ।