एजेन्सी — जापानमा चारजनाको परिवारको हत्याका दोषी चिनियाँ नागरिकलाई फाँसीको सजाय सुनाइएको छ।
४० वर्षीय चिनियाँ नागरिक वेइ वेइलाई मृत्युदण्डको फैसला सुनाइएको हो। जुन् २००७ पछि विदेशीलाई मृत्युदण्ड सुनाइएको पहिलो घटना हो।
स्थानीय मिडियाका अनुसार ती चिनियाँ नागरिकले २००३ मा अन्य दुई चिनियाँ साथीसँग मिलेर जापानमै चारजनाको परिवारको हत्या गरेका थिए।
तर हत्यामा संलग्न दुई चिनियाँ भने भागेर चीन पुगिसकेको बताइएको छ। तर ती दुई चीनमै समातिएका थिए। एकजनाले भने चीनमै मृत्युदण्डको सजाय पाइसकेका छन्।