काठमाडौं– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लब र जावलाखेल युथ क्लबले बराबरी खेलेका छन्। बिहिबार भएको खेलमा संकटा र जावलाखेलले एक एक गोलको बराबरी खेलेका हुन्।
दशरथ रंगशालामा भएको खेलको ३६ औं मिनेटमा शुरुवाती अग्रता बनाएको थियो। उसको लागि कप्तान लक्ष्मण रुचालले गोल गरेका थिए। उनले फ्रिकिकमा दर्शनीय गोल गरेका थिए। पहिलो हाफमा संकटाले अग्रतालाई जोगाउन सफल भयो।
दोस्रो हाफमा प्रतिस्पर्धात्मक तथा रोमाञ्चक बनेको खेलको ७२ औं मिनेटमा जावलाखेल खेलमा फर्कियो। उसका लागि ड्याडी जुनियर बाम्बाले गोल गरेका थिए। उनले हेडमार्फत गोल गरेका हुन्। त्यसपछि खेलमा अन्य गोल हुन सकेन र दुबै टोलीले अंक बाँडे। बराबरीसँगै जावलाखेलले ५ अंक जोडेको छ भन संकटाको ४ अंक पुगेको छ।