काठमाडौं – नेपाली फिल्मका सुपरस्टार भुवन केसी र उनका छोरा अनमोल केसीले निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गरेका छन्।
नेपाली फिल्मका हालका चक्लेटी नायक अनमोल र उनको बुबा भुवनले उक्त रंगशालालाई ३ लाख २० रुपैंया दिएका हुन्। उनीहरूले ‘को बन्छ करोडपति’ रियालिटी शोमा जितेको रकम रंगशाला निर्माणको लागि दिएको बताइएको छ।
धुर्मुस सुन्तली फाउण्डेसनले नेपालमा स्तरीय क्रिकेट रंगशालाकाे निर्माण गरिरहेकाे छ। विभिन्न व्यक्ति तथा संघ संस्थाहरूले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणकाे लागि सहयाेग गरिरहेका छन्। चितवनमा बनिरहेकाे रंगशाला निर्माणमा सीताराम कट्टेल अर्थात् धुर्मुस आफैं खटिरहेका छन्।