झापा– पूर्वाञ्चल क्यान्सर अस्पतालले यही पुस १६ गतेदेखि आफ्नो सेवा शुरुआत गर्ने भएको छ। झापाको विर्तामोड–५ मा अवस्थित सो अस्पताल रु चार अर्ब लगानीमा निर्माण सम्पन्न भएको हो।
बिहिबार विर्तामोड–५ मा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका सञ्चालक दुर्गा प्रसाईले ३ सय श्यैयाको अस्पतालमा नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिनदेखि रेडियो थेरापी सेवा प्रारम्भ हुने जानकारी दिए।
अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवका अनुसार अस्पतालले अत्याधुनिक टुबिम मेशिन भित्र्याएकोछ। वि.सं. २०७१ फागुन १८ गते विर्तामोडमा बिएन्डसी अस्पतालले सेवा शुरु गरेको थियो। रासस