एजेन्सी– कजाकस्तानमा १०० यात्रु बोकेको एउटा बिमान आज बिहान दुर्घटनामा परेको छ। बेक एयरको बिमान दुर्घटनामा परेको हो। ७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। यता, चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले भने घटनामा कम्तिमा ९ जनाको मृत्यु भएको जनाएको छ। विस्तृत समाचार आइसकेको छैन।
अल्माटी बिमानस्थलबाट उड्नासाथै सो बिमान दुर्घटनामा परेको हो।इमर्जेन्सी सर्भिस पर्सनलहरु त्यहाँ तत्काल पुगेका छन्। स्थानीय समय अनुसार बिहान ७ः२२ बजे सो बिमानले उचाइ गुमाएको थियो।
बिमान दुई तले भवनमा झरेको थियो। फुटेजमा उद्धारको कार्य भइरहेको देखाइएको छ। एक जना महिलाले एम्बुलेन्स भन्दै कराइरहेको सुनिएको छ।