ताप्लेजुङ– रुखले थिचेर एक महिलाको मृत्यु भएको छ। ताप्लेजुङको श्रीजंगा गाउँपालिका २ हपुखोला का ५० वर्षीया पदममाया खड्काको रुखले थिचेर मृत्यु भएको हो।
बिहिवार दिउँसो ४ बजे जेसिबीले हपुखोला तेल्लोक जोड्ने सडक खन्ने क्रममा बडहरको रुख ढल्दा स्थानीय खड्कालाई थिचेको हो।
उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।