एजेन्सी–इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लेस्टर सिटीमाथि फराकिलो जित निकालेको छ। लिभरपुलले यो सिजन उच्च प्रदर्शन गरिरहेको लेस्टर सिटीलाई उसकै मैदानमा ४–० को नमिठो हार चखाएको हो।
किङ पावर स्टेडियममा लिभरपुलको सानदार जितमा फिर्मिनोको दुई गोलसँगै जेम्स मिल्नर एलेक्सजेन्डर अर्नाेल्डले गोल गरे। प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा लिभरपुलले १ गोल मात्र गर्न सफल हुदा दोस्रो हाफमा थप ३ गोल गर्न सफल भएको थियो।

खेलको ३१औं मिनेटमा अर्नाेल्डको पासमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए। दोस्रो हाफमा लिभरपुलले सानदार प्रदर्शन गर्दा लेस्टर सिटी निरिह बन्न पुगेको थियो । लिभरपुलले दोस्रो हाफा ८ मिनेटको अन्तरमा ३ गोल गर्दै फराकिलो जित निकाल्न सफल भएको थियो। ७१औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनायो । कार्लर सोयन्कुले सिक्स यार्ड बक्समा भर्जिल भान डाइकलाई लडाएपछि प्राप्त पेनाल्टीमा मिल्नर चुकेनन्।
अर्नाेल्डकै पासमा ७४औं मिनेटमा फिर्मिनोले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै लिभरपुललार्य खेलमा ३–० ले अघि बढाए। ७८औं मिनेटमा दुई गोलको लागि असिस्ट दिइसकेका अर्नाेल्डलेसाडियो मानेको पासमा गोल गर्दै लिभरपुललाई ४–० को सानदार जित दिलाए। यो सिजन उच्च प्रदर्शन गरिरहेका लेस्टरले बिहीबार राति घरेलु मैदानमा लिभरपुलविरुद्ध कुनै पनि समयमा उल्लेख्य आक्रमण बुन्न सकेन।
जितसँगै लिभपुलले शीर्षस्थानमा बलियो पकड बनाएको छ। अपराजित रहेको लिभरपुलको १८ खेलबाट ५२ अंक पुगेको छ। जुन दोस्रो स्थानको लेस्टर सिटीको भन्दा १३ अंकले बढी हो। लेस्टरको १९ खेलबाट ३९ अंक छ । सिटीको १८ खेलबाटै ३८ अंक छ।