काठमाडाैं – कजाकस्तानमा बेक एअरलाइनको हवाई जहाज दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ।
९८ जना यात्रु र चालक दलका सदस्य रहेको अल्माटी विमानस्थलमा टेक अफ् गर्ने क्रममा हवाई जहाज दुई तले भवनमा ठोक्किदा दुर्घटना भएको हो। दुर्घटनामा आठ जना बालबालिकासहित ३५ जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको छ।
अहिले घटनास्थलमा आपतकालीन सेवा सञ्चालन गरिएको छ। दुर्घटनामा परेको हवाई जहाजमा आगो लागेको भने कुनै पनि समाचार प्राप्त नभएको बतार्ईएको छ। हवाई जहाज स्थानीय समयअनुसार ७ः२२ मा दुर्घटना भएको थियो।
विमान कजकास्तानको ठूलो शहर अल्माटीबाट राजधानी नुरसुल्तान जान लागेको थियो।अधिकारीहरुका अनुसार हवाई जहाज दुर्घटनाको जाँच गर्न एउटा दल गठन गरिनेछ।