जुम्ला — कार्णाली स्वास्थ्य विाज्ञान प्रतिष्ठानका २ सय २९ करार कर्मचारी आन्दोलित भएका छन्।
स्थायी नियुक्तिको माग राख्दै उनिहरुले लामो समय सेवागर्दा पनि स्थायी लगायत सेवा सुविधामा प्रतिष्ठानले वेवास्ता गरेको भन्दै आन्दोलित भएका हुन्।
प्र्तिष्ठानलाई ज्ञापन पत्र बुझाउँदै पुष १४ गते हुने सिनेट बैठकमा प्रस्ताव लैजाने तयारीमा उनीहरु छन्। ज्ञापन पत्रमा भनिएको छ, कर्णालीकै स्वास्थ्य क्षेत्रको धरोहर र सम्पति मानिने प्रतिष्ठानमा लामो समय देखी कार्यरत हामी करारका कर्मचारीहरुलाई स्थायी गरिनुपर्ने भएता पनि हालसम्म सुनुवाई नभएको र पुष १४ गते हुने सिनेट वैठकमा प्रस्ताव लिन अनुरोध गरिएको छ।
यो बिषयमा सुनुवाई नभएमा पुष ११ गतेबाट नै आन्दोलन कार्यक्रम सार्वजनिक गरिने ज्ञापनपत्रमा उल्लेख छ। शिक्षण अस्पतालको सिनेट वैठक प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपीशर्मा ओलीको अध्यक्षतामा सिनेट बैठक बसिने भएको छ। प्रतिष्ठानमा उच्च स्तरको एमडिजिपी, डाक्टर पढाई देखी विभिन्न एजेण्डामा छलफल हुने बतार्ईएको छ। यता प्रतिष्ठानले लोकसेवा आयोगले लिने परिपत्र भएको प्रतिक्रिया दिएको छ।